विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प « Khabarhub

विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमा  लगानी गरे एलन मस्कले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

उनले सीबीसी न्युजका पत्रकारसँग फोनमा गरेको कुराकानीमा मस्कसँगको सम्बन्ध सकिएको पनि बताएका छन् ।

ट्रम्पले आफ्ना एआईडीई र सल्लाहकारसँग पछिल्लो ४८ घण्टामा मस्कको सबै गतिविधि हेर्दा उनले लागूऔषध सेवन गरेको हुन सक्ने आशय व्यक्त गरेका छन् । 

यता, मस्कले भने सामाजिक सञ्जालमा आफूले ट्रम्पको विरुद्धमा उल्लेख गरेका धेरै कुराहरू हटाएका छन् ।

उनले ट्रम्पको पद नै खतरामा परेको आशयको कुरा सञ्जालमा राखेका थिए ।

मस्कले सामाजिक सञ्जालमा आफूले सहयोग नगरेको भए ट्रम्प पराजित हुने कुरा पनि उल्लेख गरेका थिए । तर सो कुरा भने हटाएका छैनन् ।

यसै गरी उनले ट्रम्पले ल्याएको आयात करका कारण अमेरिकाले वर्षको उत्तरार्द्धमा धेरै आर्थिक मन्दीको सामना गर्नु पर्ने चेतावनी पनि दिएका छन्  ।

ट्रम्पसँगको तनावपछि मस्कलाई थप समस्या उत्पन्न भएको छ । उनले डोग छाडे पनि उनको विरुद्धमा प्रदर्शन जारी छ ।

मस्कले नेतृत्व गरेको डोगका कारण धेरै क्षेत्रमा अमेरिकी प्रशासनले दिँदै आएको सहयोग र अनुदान रोकिएको छ । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : २० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित