विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प « Khabarhub

विधेयक असफल बनाउन लगानी गरे मस्कले ठूलो मूल्य चुकाउनुपर्छ : ट्रम्प


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले ल्याएको विधेयक असफल बनाउन डेमोक्र्याट सांसदहरूमा  लगानी गरे एलन मस्कले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

उनले सीबीसी न्युजका पत्रकारसँग फोनमा गरेको कुराकानीमा मस्कसँगको सम्बन्ध सकिएको पनि बताएका छन् ।

ट्रम्पले आफ्ना एआईडीई र सल्लाहकारसँग पछिल्लो ४८ घण्टामा मस्कको सबै गतिविधि हेर्दा उनले लागूऔषध सेवन गरेको हुन सक्ने आशय व्यक्त गरेका छन् । 

यता, मस्कले भने सामाजिक सञ्जालमा आफूले ट्रम्पको विरुद्धमा उल्लेख गरेका धेरै कुराहरू हटाएका छन् ।

उनले ट्रम्पको पद नै खतरामा परेको आशयको कुरा सञ्जालमा राखेका थिए ।

मस्कले सामाजिक सञ्जालमा आफूले सहयोग नगरेको भए ट्रम्प पराजित हुने कुरा पनि उल्लेख गरेका थिए । तर सो कुरा भने हटाएका छैनन् ।

यसै गरी उनले ट्रम्पले ल्याएको आयात करका कारण अमेरिकाले वर्षको उत्तरार्द्धमा धेरै आर्थिक मन्दीको सामना गर्नु पर्ने चेतावनी पनि दिएका छन्  ।

ट्रम्पसँगको तनावपछि मस्कलाई थप समस्या उत्पन्न भएको छ । उनले डोग छाडे पनि उनको विरुद्धमा प्रदर्शन जारी छ ।

मस्कले नेतृत्व गरेको डोगका कारण धेरै क्षेत्रमा अमेरिकी प्रशासनले दिँदै आएको सहयोग र अनुदान रोकिएको छ । 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ७ : २० बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६