लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन « Khabarhub

लस एन्जल्समा ‘नेशनल गार्ड’ परिचालन गर्न ट्रम्पको निर्देशन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा ‘नेशनल गार्ड’ परिचालन गर्न निर्देशन दिएका छन् । अवैध आप्रवासीलाई देश निकाला गर्ने अभियानको विरोधमा जारी प्रदर्शनलाई नियन्त्रण गर्न राष्ट्रपति ट्रम्पले २ हजार नेशनल गार्ड परिचालन गर्ने निर्देशन दिएका हुन् ।

शनिबार लस एन्जल्सको पारामाउन्ट क्षेत्रमा प्रदर्शनको आयोजना गरिएको थियो । प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले मेक्सिकोको झण्डा समेत बोकेका थिए ।

अमेरिकी सञ्चार माध्यमका अनुसार ट्रम्पले राष्ट्रपतीय आदेशमा हस्ताक्षर गर्दै नेशनल गार्ड परिचालन गर्न निर्देशन दिएका हुन् । ह्वाइट हाउसका अनुसार ‘झन् झन् खराब बन्दै जान दिइएको कानुनहीनतालाई सम्बोधन गर्न’ यसो गर्नु परेको हो ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले ट्रम्पको कदमलाई ‘नियोजित रुपमा प्रज्वलनशील’ को संज्ञा दिएका छन् । सामाजिक सञ्जाल एक्समा उनले कानुन कार्यान्वयनको कमीका कारण नभइ ‘तमासा देखाउन’ ट्रम्पले नेशनल गार्ड परिचालनको निर्देशन दिएको टिप्पणी गरेका छन् ।

उनले हिंसात्मक नभइ प्रदर्शनकारीलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पनि आग्रह गरेका छन् ।

उता उपराष्ट्रपति जेडी भान्सले भने ट्रम्पको कदमको बचाउ गरेका छन् । उनले विदेशी झण्डा बोकेका राजद्रोहीले आप्रवासन कार्यान्वयन अधिकारीमाथि आक्रमण गरेको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ११ : ०७ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट