फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर : तनावमा वेनिशा « Khabarhub

फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर : तनावमा वेनिशा


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छायाङ्कनरत फिल्म ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले आइतबार फिल्मकी शीर्ष कलाकार वेनिशा हमाललाई प्रस्तुत गरी पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा वेनिशाको पृष्ठभूमीमा मदिरा बार छ । उनी तनाव मुद्रामा देखिन्छन् । उनले हातमा चुरोट लिएकी छन् भने छेउमा मदिराको खाली गिलास देख्न सकिन्छ । निलो रङको संयोजनले पोस्टरलाई थप रहस्यमयी बनाएको छ ।

यसबाट वेनिशाले फिल्ममा सहरीया युवतीको भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । यद्यपि निर्माण पक्षले उनको भूमिकाबारे खुलाएको छैन ।

यस पोस्टरबाट फिल्म काठमाडौंको ‘नाइट लाइफ’ कथामा बनेको अनुमान गर्न सकिन्छ । तर, निर्माण पक्षले चलचित्रको कथा वस्तु अहिलेसम्म गोप्य नै राखेको छ ।

२० दिनको तालिका लिएर निर्देशक तथा लेखक बलिराम चौहान बिहीबारबाट छायाङ्कनमा निस्किएका छन् । चौहानको यो डेब्यू निर्देशन हो ।

फिल्ममा वेनिशासँगै नायक अर्पण थापा, महेश त्रिपाठी, आयुषमान देशराज जोशी, सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको बताइएको छ ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने यस फिल्म स्काइफल पिक्चर्सको प्रस्तुत बन्न लागेको हो । यसको निर्माता रमन ग्रे हुन् ।

यो फिल्म सन् २०२५ भित्रै प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  २ : ३१ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६