टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ « Khabarhub

टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकटक स्टार कबी लेम अमेरिकामा पक्राउ परेका छन् । टिकटकमा सबैभन्दा धेरै फलोअर्स भएका स्टार लेमलाई अमेरिकी अध्यागमन प्रहरीले पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

भिसामा उल्लेखित म्यादभन्दा धेरै समय अमेरिकामा बसोबास गरेको आरोपमा सेनेगली मूलका इटालियन नागरिक लेमलाई पक्राउ गरिएको हो ।

उनलाई नेदाभा राज्यको लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलमा गत जुन ६ का दिन पक्राउ गरिएको थियो । केही समय हिरासतमा राखेर उनलाई प्रस्थान गर्न दिइएको समाचारमा जनाइएको छ ।

समाचार संस्था एएफपीका अनुसार उनी गत अप्रिल २० का दिन अमेरिका पुगेका थिए । यसबारे लेमले केही खुलाएका छैनन् ।

युनिसेफका सद्भाव राजदूतसमेत रहेका लेमलाई टिकटकमा १६ करोडभन्दा धेरैले फलो गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : ४३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित