ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन् « Khabarhub

ओलीको चिन्ता : फेसबुके उरन्ठेउलाहरू चुनावको नाममा एमालेभित्र फाटो ल्याउन खोज्दैछन्


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै भ्रम फैल्याउने र फटो ल्याउने तत्वहरू रहेको बताएका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भ्रम फैल्याएर अँध्यारो देखाउने प्रवृत्ति बढ्दै गएको पनि बताए । पार्टीभित्र एकता हुनु हुँदैन भनेर केही तत्व लागिरहेको पनि उनले गुनासो गरे ।

‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन् । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन्’, उनले भने,‘मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सके लक्ष्यमा प्रभावकारी रूपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ ।’

उनले पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्न नहुने पनि बताएका छन् ।

‘अहिले एमालेविरुद्ध फाटो ल्याउने काम भइरहेको छ। त्यस्तो भाष्य बनाएका छन् उरन्ठेउलाहरूले, सहमति सबैभन्दा लोकतान्त्रिक विधि हो । मिलेर कार्यविभाजन गर्नु राम्रो हो’, उनले भने, ‘सहमतिका साथ गर्नुभयो भने दुईतीजना साथीहरूले अलिकति त्याग गरे संगठन बलियो बन्छ ।’

उनले चुनाव चाहनेलाई फेसबुकेले उकासेको पनि बताए । ‘चुनाव गएपछि भाइ तपाईंले हार्नु भएको छैन, चुनाव गराएर छाड्नु भयो त्यो चाहिँ जित हो भनेर फेसबुके फाटोवादी कुराको कुनै अर्थ छैन’, उनले विद्यार्थीहरूलाई भने, ‘तपाईंहरू मिलेर जानुस्, सक्दै सक्नु हुन्न, मिल्न सक्नु हु्न्न भने बाकस थाप्नुस् ।’

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ३ : ५५ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय