मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र « Khabarhub

मुग्लिन–मलेखु सडक आठ किलोमिटर कालोपत्र


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

चितवन– मुग्लिन–मलेखु सडकको करिब आठ किलोमिटर भाग कालोपत्र गरिएको छ । थप दुई किलोमिटर कालोपत्र गर्ने तयारी गरिएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार चितवनतर्फ लेवाटार, कुरिनटार, चुम्लिङ्टार र फिस्लिङ बजार क्षेत्रमा कालोपत्र गरिएको छ । धादिङतर्फ मझिमटार, चरौदी र विशाल टारमा चार लेन सडक कालोपत्र गरिएको हो । झण्डै १४ मिटर फराकिलो कालोपत्र गरिएको छ । धादिङको मझिमटार र विशालटारमा  झण्डै दुई किलोमिटर क्षेत्र कालोपत्रको तयारी गरिएको छ ।

प्रमुख नेपालले भने, ‘करिब आठ किलोमिटर क्षेत्र कालोपत्र भएको छ, मौसमले साथ दियो भने थप दुई किलोमिटर कालोपत्र गर्दैछौँ ।’ अहिलेसम्म ३२ प्रतिशत हाराहारी प्रगति भएको उनले जानकारी दिए । असारसम्ममा चार वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको नेपाल बताउनुहुन्छ । ती पुलमा बिम (गडर) राख्नका लागि तयारी गरिएको छ । हेभी उपकरणमार्फत बिम पुलमा चढाउनुपर्ने हुन्छ । 

आयोजनाका इञ्जिनियर विजय दरैका अनुसार भारतबाट उपकरण मगाएर काम गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ । अरु दुईवटा पुलको फाउण्डेसनको काम भइरहेको छ । चितवनतर्फको बारवाङ र मौवा खोला एवं धादिङतर्फको गौमती र खतौटीको पुलमा बिम राख्नका लागि तयारी गरिएको छ भने धादिङतर्फका चरौदी र हुग्दीमा फाउण्डेसनको काम हुँदैछ । 

असार पहिलो साता पुलमा बिम चढाउने तयारीमा आयोजना रहेको छ । बिम चढाउँदा सडक बन्द गर्नुपर्ने दरै बताउनुहुन्छ । उपकरण आएपछि स्थानीय प्रशसनसँग समन्वय गरेर काम गर्ने उनले जानकारी दिए । 

यो खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक बन्नेछ । जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक सात दशमलव दुई किमी हुनेछ । 

यो रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ । उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ लेन पनि बनाइनेछ । जुन दुई दशमलव तीन किलोमिटर हुनेछ । बाँकी सडक ‘डेडिकेटेड’ दुई लेनको हुनेछ ।

विसं २०७९ पुस १५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी यो सडक ठेक्का लगाइएको हो । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुङ्गा सडक खण्डलाई तीन प्याकेज बनाएर बोलपत्र आह्वान गरिएको हो । यो तेस्रो प्याकेजमा पर्दछ ।  यो प्याकेजमा ३८ दशमलव ८६ किलोमिटर पर्दछ ।

शर्मा–जेडआइसिजीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा सो खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । सडकका विभिन्न क्षेत्रमा नाला बनाउने, पहिरो रोकथामको काम, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम भइरहेका छन् । यो सडक विश्व बैंकको सहयोगमा बनाइएको हो ।
 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ०२ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी