राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन « Khabarhub

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा आउन गरिरहेको प्रयासप्रति रोष प्रकट गरेका छन् ।

केही दिनदेखि पूर्वराष्ट्रपति भण्डारी ओलीकै गृहजिल्ला झापामा व्यस्त छिन् । आफ्नो गृहजिल्लामा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेकी भण्डारीले राजनीतिमा गर्न खोजेको पुनरागमन प्रयासलाई ओलीले रोषपूर्ण टिप्पणी गरेका हुन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्रीसमेत ओलीले महाधिवेशनको टुंगो नै नभएको अवस्थामा एमालेमा फलाना आउने रे भनेर हल्ला चलाउनुको अर्थ नरहेको बताए ।

‘तल तल ग्रुप बनेको सुनिरहेको छु । यो ग्रुप र त्यो ग्रुप एमालेमा आवश्यक छैन । अहिले एमालेभित्र अर्को खेल हुन खोजेको छ । फलाना आउने रे, फलना आउने रे, को महासचिव, को उपाध्यक्ष, को कोषाध्यक्ष बन्ने रे !’, उनले भण्डारीले राजनीतिमा फर्किन गरेको प्रयासलाई लिएर भने, ‘महाधिवेशनबारे हामीबीच छलफल भएकै छैन ।’

उनले भण्डारी चीनबाट फर्किएपछि जिल्ला दौडाहामा रहेका बेला पार्टी कार्यकर्ताको मनस्थिति बिगार्न खोजिएको बताए । ‘पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई जवाफ दिनुस् । पार्टीका आन्तरिक कुरा छन् भने पार्टीमै गरौँ’, उनले भने, ‘पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने कुरा आन्तरिक हुँदैन । बाहिर गएर गरिने हमलालाई आन्तरिक मामिला भन्न मिल्दैन । बाहिर गएर कसैले ढुंगा हान्छ भने सहिँदैन ।’

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : १५ बजे

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

झापा– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गएराति

कोशी प्रदेशका रास्वपा नेता ठगेन्द्र नेउपाने एमालेमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

दाङ– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई

हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल