भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे « Khabarhub

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस १० गते पार्टीबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलबारे तीतो टिप्पणी गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको कीर्तिपुरमा उद्घाटनका क्रममा उनले प्रधानमन्त्रीसमेत रहेका ओलीले रावलले जहिल्यै आम्दानी हुने पद खोजेर दु:ख दिएको बताए ।

‘भीम रावलले वर्षौँसम्म पार्टीबारेमा कहिल्यै सकारात्मक कुरा नगर्ने, जहिल्यै बाहिरबाट ढुंगा हानिरहने । रावल पार्टीभित्र पनि अराजक, बाहिर पननि अराजक’, उनले भने, ‘जहिल्यै आम्दानी हुने ठाउँ चाहियो, पद चाहियो, एकछिन पनि पदबिना बस्न नसक्ने ।’

रावल एमालेबाट निकालिएपछि मातृभूमि अभियान लिएर देशभर हिँडिरहेका छन् । उनले नयाँ पार्टी खोल्न जिल्ला जिल्ला पुगेर छलफल पनि चलाइरहेका छन् ।

उनले एमालेको मिसन ०८४ सफल हुने पनि बताए । ओलीले एकताबद्ध एमाले हुन सकेमा ०८४ को निर्वाचनमा एकल बहुमत आउने पनि जिकिर गरेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : २४ बजे

मतदान केन्द्र अपाङ्गमैत्री बनाउनुपर्ने माग

दाङ– मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या

बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश

काठमाडौं– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आवश्यक

सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते

झापा– झापाको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गएराति

कोशी प्रदेशका रास्वपा नेता ठगेन्द्र नेउपाने एमालेमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोशी प्रदेशका नेता तथा

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

दाङ– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई