११ दशमलव शून्य छ अंकले घट्यो नेप्से « Khabarhub

११ दशमलव शून्य छ अंकले घट्यो नेप्से


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव शून्य छ अंकले घटेर दुई हजार छ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।  

आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ दशमलव ९३ को कारोबार भएको छ ।

आज जलविद्युत् समूह एक दशमलव २२ र होटल तथा व्यापार समूह शून्य दशमलव १२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

बैंकिङ एक दशमलव शून्य पाँच, विकास बैंक शून्य दशमलव शून्य छ, वित्त शून्य दशमलव ९१, लगानी शून्य दशमलव शून्य आठ र जीवन बिमा समूह शून्य दशमलव ७७ प्रतिशतले घटेको छ । 

उत्पादन तथा प्रशोधन शून्य दशमलव ७४, लघुवित्त शून्य दशमलव ७०, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ९५, व्यापार शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा रिभर फल्स पावर लिमिटेड र पिअर इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ७२ करोड ९५ लाख १४ हजार ६६० बरबरको शेयर किनबेच भएको छ । कारोबार सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ४७ हजार ६४ कित्ता शेयर किनबेच भएको छ । रासस

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ४ : ०६ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते