उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन | Khabarhub Khabarhub

उमेर हदबारे ओली भन्छन्- फेल खाइसक्यो, मैले ७४ बाट ७० मा फर्किन मिल्दैन


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको बताएका छन् ।

अनेरास्ववियुको २४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौंको कीर्तिपुरमा आइतबार सम्बोधनका क्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले स्वास्थ्यले साथ दिएसम्म नेतृत्व नछाड्ने पनि बताए

‘७० वर्ष उमेरको कुरा आयो । ७० वर्षे उमेरहदको विषय एमालेमा फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन त ? ४ वर्ष उमेर घटाउन भएन क्यारे,’ उनले भने

उमेरले भन्दा स्वास्थ्य र कार्यक्षमतालाई मुख्य कुरा बनाउनुपर्ने उनको तर्क थियो । ‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘सी चिनफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ६५ लगायो । अहिले उहाँ ७२ पुगिसक्नु भयो ।’

प्रधानमन्त्री ओलीले उमेरका कारण नभएर अन्य धेरै फ्याक्टर र आवश्यकता हुने बताए । उनले माधव नेपाल र झलनाथ खनाललाई ७० वर्षे उमेर पुगेर नहटाएको पनि बताए ।

‘उमेरले होइन अरु थुप्रै फ्याक्टर हुँदा रहेछन् । आवश्यकताहरू थुप्रै हुँदा रहेछन् । मै हुन्छु भन्ने होइन । कुनै एउटा जडसुत्रको रुपमा हेर्ने होइन,’ ओलीले भने, ‘माधव नेपाललाई ७० र झलनाथलाई ७० पुगेर हटाएको होइन । हटाउनुपर्ने हुँदो रहेछ । ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ, मनमोहनजीलाई ७८ वर्षसम्म हटाएनौँ । उहाँ उमेर पुगेर, बितेर जानुभयो, हामीले हटाएका होइनौँ ।’

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ३६ बजे

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक

आज २०८२ साल कात्तिक १६ गते आइबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १६ गते आइतबार। कात्तिक

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि