पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते | Khabarhub Khabarhub

पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्सामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक सुवास भट्टले दुर्घटनामा चारै जना घाइते भएकामा उपचारका लागि एलएस न्यूरो अस्पताल बारा पठाइएको र एक जनाको मृत्यु भएको जानकारी दिए  । 

कार चालक गणेश सर्राफसहित त्यसमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस
 

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : २१ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाअष्टमी – शक्ति, आशीर्वाद र उत्सवको पर्व

काठमाडौं – दशैँको आठौँ दिन जसलाई अष्टमी वा महाअष्टमी भनिन्छ।

‘पिङमा मच्चिनुको मज्जै बेग्लै….’

म्याग्दी–  वर्षा कम हुँदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश

नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज

काठमाडौं – नेपालले आज वेस्ट इन्डिजसँगको टी-२० शृङ्खलाको फाइनल खेल्दैछ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर