संसद्‍मा विपक्षी दलको अवरोध कायमै, सोमबार दिउँसो बस्ने गरि स्थगित | Khabarhub Khabarhub

संसद्‍मा विपक्षी दलको अवरोध कायमै, सोमबार दिउँसो बस्ने गरि स्थगित


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा पनि नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले अवरोध जारी राखे । दुई पटक सारेर साँझ साढे ६ बजे बसेको बैठकमा विपक्षी दलले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार २ बजेसम्मलाई स्थगित गरेका छन् ।

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरूमा ३:१५ बजेका लागि सारिएको थियो । त्यसपछि अपराह्न ५:३० बजेका लागि डाकिएको बैठक साँझ साढे ६ बजे मात्रै केही मिनेट बसेर स्थगित भएको हो ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदनमा अवरोधलाई निरन्तरता दिएका छन् । सत्ता पक्ष कुनै हालतमा गृहमन्त्रीको राजीनामाको पक्षमा छैन । यो अवस्थामा आइतबार कार्यसूचीमै नपसरी बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभा बैठक खुलाउनेबारे सत्तारूढ र विपक्षी दलहरू सहमति नजिक पुगेको भनिए पनि अवरोध जारी रहेको हो ।

यसअघि आइतबार दिउँसो नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सांसद ज्ञानेन्द्रबहादुर कार्कीलगायत छलफलमा जुटेका थिए । एमालेले भने कांग्रेस र विपक्षीबीचको निष्कर्ष स्वीकार्ने जनाएको थियो ।

यो छलफलमा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद विराजभक्त श्रेष्ठ र सन्तोष परियारसहित सहभागी थिए । एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डे पनि छलफलमा थिए । तर उनीहरूले सहमति जुटाउन नसकेपछि आइतबारको संसद् बैठकमा पनि अवरोध भएर स्थगित भएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ६ : ४२ बजे

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको