चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो « Khabarhub

चीनतर्फ भारी वर्षा हुँदा भोटेकोशीमा बाढी : मितेरी पुलमा क्षति, भन्सारबाट कन्टेनर बगायो


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा भएको अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवामा ठुलो क्षति भएको छ।

मंगलबार बिहान अन्दाजी ३:१५ बजे रसुवा जिल्ला, गोसाइकुण्ड गाउँपालिका रसुवागढीस्थित नेपाल-चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

त्यसैगरी, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेर मालबाहक कन्टेनर बगाएको छ। बाढीका कारण टिमुरेमा बनिरहेको सुख्खा बन्दरगाह बगाएको हो।

हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन। नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ।

भिडियोः रेडियो रसुवा

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ११ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना