रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे  « Khabarhub

रसुवा बाढी अपडेट : हाइड्रोपावरमा क्षति, सडकहरू अवरुद्ध, सवारी साधन बगे 


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका– २  टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका आठवटा गाडी बगाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति गर्नुका साथै त्यहाँ रहेका नौवटा लोड गरिएका कन्टेनर डिब्बा पनि बगाएको छ । बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति गरेको छ ।

खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

भोटेकोशीको बहाव कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । 

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : ५३ बजे

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन