११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक | Khabarhub Khabarhub

देशको आर्थिक अवस्था 

११ महिनामा १५ खर्ब ३२ अर्ब रेमिट्यान्स भित्रियो, विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाहमा १५.५ प्रतिशतले वृद्धि भएको हो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४४३ अर्ब १० करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४,५२,३२४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३,०८,०६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४,२१,३५६ र २,६१,२१० रहेको थियो ।

विदेशी मुद्राको सञ्चिति २६ खर्ब नजिक

रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै जेठ मसान्तसम्म कुल विदेशी मुद्राको सञ्चितिमा पनि वृद्धि भएको छ । राष्ट्र बैंककाअनुसार समीक्षा अवधिसम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी विनिमय सञ्चितिमा २५.९ प्रतिशतले वृद्धि भएर २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको हो ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

२०८२ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४२.१ प्रतिशत, १२२.९ प्रतिशत र ३४.१ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

चालु खाता तीन खर्ब बढी बचतमा

समीक्षा अवधिमा चालु खाता ३०७ अर्ब ३१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २०० अर्ब ३८ करोडले बचतमा रहेको थियो । 

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रहेको थियो । 

यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रहेको थियो । द्दट। समीक्षा अवधिमा शोधनान्तर स्थिति ४९१ अर्ब ४४ करोडले बचतमा रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.४२५ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।

मुद्रा स्फीति ३ प्रतिशत तल

राष्ट्र बैंकको तथ्यांकअनुसार २०८२ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । 

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.८५ प्रतिशत र ३.०७ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ । 

त्यस्तै, तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४ प्रतिशत, मरमसलाको ३.०६ प्रतिशत र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । 

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.४३ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.८२ प्रतिशत, शिक्षाको ५.८८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १ : २९ बजे

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय