नर्भिक अस्पतालले तिर्‍यो १८ लाख क्षतिपूर्ति « Khabarhub

नर्भिक अस्पतालले तिर्‍यो १८ लाख क्षतिपूर्ति


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थापाथलीस्थित नर्भिक अस्पतालले उपचार क्रममा लापरवाही गरेको भन्दै परेको उजुरीमा पीडितलाई १८ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तथा उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्माको रोहबरमा मङ्गलबार अस्पताल प्रशासन र पीडितबीच क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मिलापत्र भएको हो ।

उपचार गराउन ७० वर्षीय उषादेवी यादव नर्भिक अस्पताल गएकी थिइन्‌ । तर, उपचारपछि पक्षघात भएपछि उनका छोरा जयप्रकाश यादवले जिल्ला अदालत काठमाडौँमा जाहेरी दिएका थिए ।

उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सिटी क्लिनिक र हिमाल अस्पताललाई क्षतिपूर्ति तिराउनेगरी गरेको फैसलाविरुद्ध चिकित्सकहरूले आन्दोलन गरिरहँदा नर्भिकले क्षतिपूर्ति तिरेको हो ।

जिल्ला अदालतले उक्त जाहेरी गत वैशाखमा उपभोक्ता अदालतमा पठाइदिएको थियो ।

नेपालकै महङ्गो मानिने नर्भिक अस्पतालका संस्थापक तथा अध्यक्ष व्यवसायी वसन्तकुमार चौधरी हुन्‌ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ४ : ३६ बजे

समस्या समाधानका लागि अस्पतालको निरीक्षण गर्दै मन्त्री मेहता

सप्तरी– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहितको टोलीले समस्या पहिचान

 जाजरकोट पहिरो : सेनाद्वारा ३०० जनाको उद्धार

काठमाडौं– नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट

नेपालको सीमानजिकै वीरपुरमा भारतले किन बनाउँदैछ एयरपोर्ट ?

काठमाडौं- नेपालको सुनसरी जिल्लासँग सीमा जोडिएको भारत बिहार राज्यको सुपौल

पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

काठमाडौं– सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने