सरोजले सके ‘कोशेढुङ्गाको छायाङ्कन’ « Khabarhub

सरोजले सके ‘कोशेढुङ्गाको छायाङ्कन’


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यापारिक रुपमा ऐतिहासिक सफलता हात पारेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको अर्को फिल्म ‘कोशेढुङ्गा’को छायाङ्कन पूरा भएको छ ।

५१ दिन लगाएर सोमबार निर्देशक पौडेलको टिमले छायाङ्कन पूरा गरेको हो ।

स्याङ्जाको विभिन्न स्थान र ललितपुरस्थित च्यासलमा एक सेट निर्माण गरेर फिल्मको छायाङ्कन गरिएको निर्देशक पौडेलले बताए ।

यो पटक पनि दर्शकले मन पराउने सामाग्री पस्कनेमा निर्देशक पौडेल ढुक्क छन् ।

उनी भन्छन्, ‘अपेक्षाअनुसार नै छायाङ्कन भएको छ । यसले राम्रो आउटपुट आउनेमा म ढुक्क छु ।’

निर्माण पक्षले यस फिल्मको प्रदर्शन मिति भदौ १२ लाई तोकेको छ । नेपालसहित ४० देशमा उक्त मितिमै फिल्म प्रदर्शनमा आउने निर्माण पक्षको दाबी छ ।

फिल्ममा नायक आर्यन सिग्देल, नायिकाहरु सुरक्षा पन्त र ऋचा शर्मा शीर्ष भूमिकमा रहेको बताइएको छ ।

यस फिल्मका लेखक पनि निर्देशक पौडेल आफैँ हुन् । नरदेवी फिल्मसको प्रस्तुतिमा बन्ने यस फिल्मको निर्माता प्रविल कँडेल र किशोर अनुराग हुन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : १६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का