स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित « Khabarhub

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वालिङ– कृषि ज्ञान केन्द्र स्याङ्जाले यहाँका चार उत्कृष्ट कृषकलाई आज सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको ‘उत्कृष्ट कृषि पुरस्कार’ कार्यविधिका आधारमा स्याङ्जामा चार जना कृषकलाई सम्मान गरिएको हो ।

जिल्लाभित्रका विभिन्न भागमा रही वर्षौंदेखि कृषिलाई नै व्यावसायिकरूपमा अगाडि बढाउँदै आउनुभएका नमूना कृषकहरू छनोट गरी पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी विकास विकले बताए।

सम्मानित हुनेहरूमा फलफूलखेती (सुन्तला)तर्फ अर्याल अर्गानिक एग्रोफर्मका पुतलीबजार नगरपालिका–१० का सञ्चालक रामबन्धु अर्याल, मौरीपालनतर्फ आँधीखोला मौरीपालन उद्योग तथा तालिम केन्द्र वालिङ–११ का श्यामप्रसाद अर्याल, मिश्रित खेतीतर्फ पित्लेक कालिका कृषि फर्मका वालिङ–५ का सञ्चालक हुमनाथ लामिछाने र खाद्यान्न तथा बीउ उत्पादनतर्फ चन्द्रकान्त डुम्रे कृषि फर्म गल्याङ–११ का सञ्चालक चन्द्रकान्त डुम्रे रहेका छन् ।

कृषकलाई स्याङ्जाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जनही रु १० हजारसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरेका हुन् । कृषि ज्ञान केन्द्र स्याङ्जाले गएको साउनमा कृषक सम्मानका लागि आवेदन दिनेसम्बन्धीको सूचना प्रकाशन गरेको थियो । सोही सूचनाका आधारमा जिल्लाभरीबाट १३ वटा कृषकले आवेदन दिएको उनले बताए।

‘कार्यालयले कृषक सम्मानका लागि सूचना प्रकाशन गर्‍यौँ, सोही सूचनाका आधारमा १३ वटा कृषक, समूह, फर्महरूबाट आवेदन प्राप्त भयो’, उनले भने, ‘प्राप्त भएका आवेदनको आधारमा मूल्यांकन गर्दा चार जना छनोट हुनुभएको हो ।’

 कृषकलाई छनोट गर्दा विधागत रूपबाट प्रतिनिधित्व हुने गरी छनोट गरिएको हो । यसै वर्षबाट उत्कृष्ट कृषक सम्मान कार्यक्रम कार्यान्वयन भएको हो । यसवर्ष सम्मानित भएका कृषकहरू आगामी वर्षमा पुरस्कृत हुन नपाउने कार्यविधिमा उल्लेख रहेको उनले बताए।

प्रजिअ अर्यालका अनुसार विधागतरूपमा सम्मानित कृषकहरूले जिल्लाकै नमूना कृषकको रूपमा पहिचान बनाएका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत व्यावसायिक कृषि नै हो । 

लामो समयदेखि व्यावसायिक कृषि कर्ममा रमाइरहेका वालिङ–५ का व्यावसायिक अगुवा कृषक हुमनाथ लामिछानेले सम्मानित हुन पाउँदा खुसी लागेको बताए। कृषि ज्ञान केन्द्र स्याङ्जाले गरेको सम्मानले भोलिका दिनमा कृषि कर्मप्रति लाग्न थप ऊर्जा मिलेको उनको धारणा थियो ।
 

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ५४ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ