कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह « Khabarhub

कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आज साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन्‌ ।

छुकार कालीगण्डकी नदीको सहायक खोला हो । यहाँको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा, सुकेबगर, गुइँठे भुरुङ, तातोपानी, पोखरेबगर, ठूलोबगर, महभिर, तिप्ल्याङ, बैसरी, घुमाउने ताल, तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन् ।

नदीमा बाढीको सतह बढ्दा तटीय क्षेत्रमा कटान हुनसक्ने भएकाले सतर्कता अपनाउन स्थानीयबासीलाई प्रशासनले आग्रह गरेको हो । रासस

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ८ : २५ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ