प्रशिक्षणलाई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन « Khabarhub

प्रशिक्षणलाई गुणस्तरीय बनाउन मन्त्री न्यौपानेको निर्देशन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको प्रशिक्षणलाई सङ्ख्यात्मक मात्र नभई गुणस्तरीय बनाउन निर्देशन दिएकी छन् । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद् बैठकलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री न्यौपानेले प्रशिक्षणलाई प्रविधिमैत्री र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिइन् । 

प्रशिक्षणमा सेल्फ लर्निङ, इलर्निङ र एआइलाई जोड दिनुपर्ने उनले बताइन् । निजामती कर्मचारीलाई प्रशिक्षणसँगै स्थलगत रूपमा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने मन्त्री न्यौपानेले बताइन् । 

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपती, नेपाल सरकारका मुख्य सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिवलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । 

उक्त बैठकमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजना (२०७९/८०–२०८३/८४) को तेस्रो वार्षिक प्रगति समीक्षा, प्रतिष्ठानको आव २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा प्रतिष्ठानको आव २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा छलफल भएको थियो । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ५२ बजे

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल

वसन्त श्रवणको साइत बिहान १० बजेपछि : हनुमानढोकामा राष्ट्रपति उपस्थित हुँदै

काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी अवसरमा हनुमानढोका