ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल « Khabarhub

ओलीबिनाको एमाले र एमालेबिनाको नेपालको सपना कसैले नदेखे हुन्छ : निरु पाल


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा (एमाले) की पोलिटब्युरो सदस्य निरु पालले अध्यक्ष केपी केपी शर्मा ओलीबिना एमाले र एमालेबिना नेपालको समृद्धि कल्पना गर्न नसकिने बताएकी छन्।

प्रेस चौतारी नेपाल, सुदूरपश्चिम प्रदेशद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षण तथा दोस्रो पूर्ण बैठकलाई महेन्द्रनगरमा सम्बोधन गर्दै नेतृ पालले यस्तो बताएकी हुन् ।

उनले पार्टीभित्र कतिपय भ्रमपूर्ण कुरा उठिरहेका पनि बताएकी छन् । ‘केपी ओलीबिनाको एमाले, एमालेबिनाको नेपाल र समृद्धि कल्पना बाहिरको कुरा हो। यो सपना कोही कसैले नदेखे हुन्छ’, उनले थपिन् ।

उनले पार्टीका सबै कार्यकर्ता र नेताहरू ओलीको नेतृत्वमा प्रतिबद्ध रहेको दाबी गर्दै भनिन्, ‘यो सन्देश र समर्थनमा हरेक एमालेजन तयार छन् र हुन्छन्।’

नेतृ पालले साउन ५–६ गते ललितपुरको च्यासलमा सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले दिएको सन्देशलाई नै आगामी महाधिवेशनको सार र संकेतको रूपमा बुझ्नुपर्ने बताइन्।

उनले पार्टीको विधान र संरचना अनुरूप नै निर्णयहरु भइरहेका बताइन् । नेतृत्वको विषयमा अनावश्यक हल्ला र भ्रम फैलाउने प्रयास अर्थहीन रहेको उनको तर्क छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : २२ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग