उत्तर कोरियाले १५ गोल हानेको साउदीविरुद्ध नेपाली टोलीको कठिन जित « Khabarhub

उत्तर कोरियाले १५ गोल हानेको साउदीविरुद्ध नेपाली टोलीको कठिन जित


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुक्रिया मियाँले अतिरिक्त समयमा गरेको एक मात्रै गोलबाट नेपालले एएफसी महिला यू–२० एसियन कप छनोट खेलमा साउदी अरबलाई हराएको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले कमजोर टोली साउदीविरुद्ध कठिन जित निकालेको हो । यससँगै नेपालले तीन अंक जोडेर समूहको दोस्रो स्थानमा पुगेको छ ।

दोस्रो हाफको अतिरिक्त समय सुक्रिया मियाँले गरेको गोल निर्णायक भयो । त्यसअघि खेलको ३७औँ मिनेटमा नेपालले अग्रता लिने अवसर पाएको थियो । तर नेपाली स्ट्राइकर मीना देउवाले चिप्लिन पुगेर फितलो प्रहार गर्दा गोलमा परिणत हुन सकेन ।

यसअघि पहिलो खेलमा नेपालले आयोजक टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । उता समूहको शीर्ष स्थानको उत्तर कोरियाले साउदीलाई १५–० ले हराएको थियो । लगातार दोस्रो हारपछि साउदी अरब यो प्रतियोगिताबाट घर फर्किएको छ ।

सिंगल राउन्ड छनोट प्रतियोगिताको समूह विजेताले आगामी वर्ष थाइल्यान्डमा एसियन कप खेल्नेछ । समूह चरणपछिका शीर्ष तीन उपविजेता देशका लागि छनोटको एक मौका मिल्नेछ ।

साउदीविरुद्ध झिनो जितले नेपालमाथि दबाब बढेको छ । अब नेपालले उत्तरकोरियालाई फराकिलो अन्तरले हराउनुपर्ने चुनौती छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ३२ बजे

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो

बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट – केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण