उत्तर कोरियाले १५ गोल हानेको साउदीविरुद्ध नेपाली टोलीको कठिन जित « Khabarhub

उत्तर कोरियाले १५ गोल हानेको साउदीविरुद्ध नेपाली टोलीको कठिन जित


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुक्रिया मियाँले अतिरिक्त समयमा गरेको एक मात्रै गोलबाट नेपालले एएफसी महिला यू–२० एसियन कप छनोट खेलमा साउदी अरबलाई हराएको छ ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको समूह ‘ए’ को दोस्रो खेलमा नेपालले कमजोर टोली साउदीविरुद्ध कठिन जित निकालेको हो । यससँगै नेपालले तीन अंक जोडेर समूहको दोस्रो स्थानमा पुगेको छ ।

दोस्रो हाफको अतिरिक्त समय सुक्रिया मियाँले गरेको गोल निर्णायक भयो । त्यसअघि खेलको ३७औँ मिनेटमा नेपालले अग्रता लिने अवसर पाएको थियो । तर नेपाली स्ट्राइकर मीना देउवाले चिप्लिन पुगेर फितलो प्रहार गर्दा गोलमा परिणत हुन सकेन ।

यसअघि पहिलो खेलमा नेपालले आयोजक टोली भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । उता समूहको शीर्ष स्थानको उत्तर कोरियाले साउदीलाई १५–० ले हराएको थियो । लगातार दोस्रो हारपछि साउदी अरब यो प्रतियोगिताबाट घर फर्किएको छ ।

सिंगल राउन्ड छनोट प्रतियोगिताको समूह विजेताले आगामी वर्ष थाइल्यान्डमा एसियन कप खेल्नेछ । समूह चरणपछिका शीर्ष तीन उपविजेता देशका लागि छनोटको एक मौका मिल्नेछ ।

साउदीविरुद्ध झिनो जितले नेपालमाथि दबाब बढेको छ । अब नेपालले उत्तरकोरियालाई फराकिलो अन्तरले हराउनुपर्ने चुनौती छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ३२ बजे

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा