झलनाथ खनाललाई माधव नेपालले भने : हामीसँग किन आएको त, ओलीको सेवा गर्न एमालेतिरै फर्किए हुन्छ « Khabarhub

झलनाथ खनाललाई माधव नेपालले भने : हामीसँग किन आएको त, ओलीको सेवा गर्न एमालेतिरै फर्किए हुन्छ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाललाई पार्टीभित्र विद्रोहको औचित्य नभएको भन्ने हो भने एमालेमै फर्किन सुझाव दिएका छन्।

शुक्रबार काठमाडौंमा समाजवादी निकट उद्योगी–व्यवसायीको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले खनालमाथि पार्टीको बद्ख्वाइँ गरेको र मिडियामा अनावश्यक टिप्पणी गरेको आरोप लगाए।

‘यदि विद्रोहको औचित्य थिएन भने ओलीको सेवा गरेर एमालेमै बस्दा हुन्थ्यो,’ उनले खनालतर्फ संकेत गर्दै टिप्पणी गरे, ‘पार्टी बनाउने हो भने संगठन देखाउनु पर्छ, जनतामा जानुपर्छ, चुनौतीको सामना गर्नुपर्छ। जनताको माझ नगई कसरी पार्टी बन्छ?’

नेपालले नेतृत्वको पुस्तान्तरणको सन्दर्भमा आफू अहिले ७२ वर्षको भएको भन्दै अब दोस्रो पुस्तालाई ठाउँ दिनुपर्ने धारणा राखे। उनले मोहन गौतम र आलोक जस्ता युवा नेताहरूको नाम उदाहरणका रूपमा अघि सारे।

’म अहिले ७२ वर्ष लागेँ । त्यसमा १८ घटाउँदा ५४ वर्ष हुन्छ, यदि नयाँ नेतृत्वको वकालत गर्ने हो भने अब पार्टीमा दोस्रो पुस्ता आउनुपर्छ । ५४ वर्षमुनिको नेतृत्वका लागि हामी तयार हुनुपर्छ’, उनले भने, ‘फेरि ५४ वर्षमुनिको नेतृत्व खोज्दा पार्टीका वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षलाई अन्या होला। पुस्ताका गफ हाँकिसकेपछि जवाफ दिइन्छ । पुस्ताको कुरा गर्ने हो भने अहिले मोहन गौतम पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ । ४० वर्षमुनिको आलोकजी स्थायी कमिटी सदस्य हुनु हुन्छ।’

उनले पार्टीको पक्षमा पार्टीको प्रतिष्ठा बढाउन, पार्टीको हितको रक्षा गर्न, पार्टीको निर्णय परिपालना गराउनका लागि सबै लाग्नुपर्ने बताए । ‘हामीले पार्टीको विरोधमा जाने होइन । मिडियामा गएर पार्टीको बद्ख्वाइँ गर्ने होइन’, उनले भने, ‘मिडियामा जाने, विद्रोहको औचित्य छैन भनेर किन कराएको ? यदि विद्रोहको औचित्य थिएन भने एमालेमै केपी ओलीको सेवा गरेर बसे भइगयो नि त।’

उनले एमालेबाट भएको विद्रोह ठीक रहेको बताए । ‘हामीले विद्रोह गरेर ठीक गर्‍यौँ, हामीले विद्रोहपछि पहिलो गाँसमै ढुंगा होइन, सुनको सिक्का पायौँ’, नेपालले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि टिप्पणी गर्दै नेपालले भने, ‘अहिले ओली तीन सन्तानको वकालत गरिरहनु भएको छ। उनी त १६ वर्षमै बच्चा जन्माउँदा खुसी नै होलान्।’

नेपालले एमालेबाट अलग भएर नयाँ पार्टी बनाउनुको औचित्य पनि स्पष्ट गरे। ‘हामीले विद्रोह गरेँ, राजनीतिक र कानुनी लडाइँ दुबै जित्यौँ। कांग्रेसलाई फकाएर संविधानको रक्षा गर्‍यौँ,’ उनले भने, ‘गौरवका साथ भन्छु, त्यो विद्रोह ठिकै थियो ।’

उनले संविधानविपरीत संसद् भंग गर्ने, संविधान मिच्ने ओलीको कार्यशैलीविरुद्ध आफूहरूले लडेको र त्यसैका कारण एमाले छोड्न बाध्य भएको स्पष्ट पारे। ‘हामीले रहरले होइन, बाध्यताले एमाले छाड्यौँ,’ नेपालले भने।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : ४४ बजे

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम