रविका नाममा सञ्चालित हस्ताक्षर अभियानबाट हौसियो रास्वपा, देशव्यापी बनाउने निर्णय « Khabarhub

रविका नाममा सञ्चालित हस्ताक्षर अभियानबाट हौसियो रास्वपा, देशव्यापी बनाउने निर्णय


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा शुक्रबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्ने काम भएकाले त्यसविरूद्ध जनताको हस्ताक्षर अभियानलाई देशव्यापी रुपमा प्रभावकारी बनाउने निर्णय गरेको छ ।

यसका लागि केन्द्रीय समितिको तर्फबाट संगठन निर्माणका हरेक गतिविधि सँगसँगै प्रभावकारी बनाइने समेत निर्णय भएको उनले बताएका छन् ।

बैठकले हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका पार्टीका संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियालाई केन्द्रीय सदस्यमा फर्काउने निर्णय गरेको छ।

त्यसैगरि बैठकले पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्यहरूका लागि रणनीतिक समूह गठन गर्ने निर्णय गरेको छ ।

पार्टीको संगठन वडादेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म सशक्त बनाउन र आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय भएको प्रवक्ता झाले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : ०१ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा