बिजुलीको पोलमा चढेका मजदुरको करेन्ट लागेर मृत्यु | Khabarhub Khabarhub

बिजुलीको पोलमा चढेका मजदुरको करेन्ट लागेर मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारमा आज करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय हिलेटोल हाइटस्थित फाइबर वल्र्ड कम्युनिकेशन प्रालिमा काम गर्ने सोही नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए ।

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल वसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यसैबीच काठमाडौं महानगरपालिका–२० कोहिटी डेरा गरी बस्ने दाङ गढवा गाउँपालिका–६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट ल्यापटप एक थान, मोबाइल एक थान र नगदसमेत गरी करिब रु एक लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ५४ बजे

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर

बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं– आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५