रुपन्देही कारागारले भन्यो : रवि लामिछानेलाई छुट्टै कोठा व्यवस्था गरिएको छ « Khabarhub

रुपन्देही कारागारले भन्यो : रवि लामिछानेलाई छुट्टै कोठा व्यवस्था गरिएको छ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – कारागार कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेबारे सञ्चारमाध्यममा आएका समाचार वास्तविक नभएको बताएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधा विभेद नगरी उहाँलाई पनि प्रदान गरिएको छ। प्रशासनले नियमित रूपमा भेटघाट गरी समस्या तथा आवश्यकताबारे सोधपुछ गर्ने र देखिएका समस्याको समाधान गर्ने कार्य गर्दै आएको छ।”

कारागारका अनुसार बाहिरबाट आउने भेटघाट वा सञ्चार सुविधा लामिछानेको इच्छाअनुसार मात्र उपलब्ध गराइन्छ। साथै, पछिल्लो समय प्रकाशित केही समाचारमा प्रयोग भएका तस्बिर कारागारभित्रका नभएको र समाचारमा वर्णन गरिएका अवस्थाहरू वास्तविकता विपरीत रहेको दाबी गरिएको छ।

कारागार प्रशासनले संवेदनशील सुरक्षा क्षेत्रसँग सम्बन्धित समाचार प्रकाशन वा प्रसारण गर्दा आधिकारिक स्रोतबाट मात्र पुष्टि भएको सत्य तथ्य सम्प्रेषण गर्न र सर्वसाधारणमा भ्रम सिर्जना हुने खालका सामग्री प्रयोग नगर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : १९ बजे

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी दिने

गोरखा– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र

रास्वपा छाडेकी सुमना कांग्रेससँग संवादमा

काठमाडौं- पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी

वीर अस्पतालमा आकस्मिक कक्ष विस्तार

काठमाडौं– वीर अस्पतालमा आकस्मिक कक्ष (शय्या) विस्तार गरिएको  छ । 

पूर्णबहादुर खड्का चुनाव नलड्ने, कांग्रेस उम्मेदवारलाई जिताउन देशभर खटिने

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धपछिको प्रक्रिया व्यवस्थापन