बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु | Khabarhub Khabarhub

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९ पर्ने विष्णुपानी नजिकै आज दिउँसो भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले राससलाई जानकारी दिए । उनका अनुसार भिरबाट लडेर घाइते भएका उनको साँझ मृत्यु भएको हो ।

सोही ठाउँमा बिहीबार राति पनि काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको सात सय मिटर तर खोँचमा खसेर मृत्यु भएको थियो । ओझाको शव निकाल्न जिल्लाबाट तालिमप्राप्त सुरक्षाकर्मीको टोली घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : ०१ बजे

आगामी निर्वाचनबारे पूर्वपदाधिकारीसँगको परामर्शमा आयोग

काठमाडौं– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनलाई लक्षित गरी

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं–  काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी सृजनाटोलस्थित मकवानपुर हेटौंडा घर भएकी ५५

झुम्का कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

धरान– सुनसरीको झुम्का कारागारमा एक जना कैदीको मृत्यु भएको छ

गृह र अध्यागमनको टोलीले गर्‍यो कोरला नाका अवलोकन

मुस्ताङ– गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमामा रहेको

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर– सुदूरपश्चिमको समृद्धि र आर्थिक विकासको मेरुदण्ड मानिएको महाकाली करिडोर