संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ « Khabarhub

संसदीय सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीय संसद् संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालार्इ पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।

यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए ।

नवनिर्वाचित संसदीय समितिका सभापतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखसमक्ष शपथ लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : ३० बजे

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले