महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु « Khabarhub

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सुरु


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन, २०८२ सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा सुरु भएको सम्मेलनको आज सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले उद्घाटन गरेकी हुन् ।

उनले २९ दशमलव चार प्रतिशत सरकारी वकिल महिला हुनु उत्साहजनक अवस्था भएको र अझै निर्णायक तहमा महिला सरकारी वकिल आवश्यक रहेको बताइन् । वरिष्ठतम् न्यायाधीश मल्लले सङ्ख्यात्मक उपलब्धिका साथै अर्थपूर्ण सहभागिता जरुरी भएको र संरचनागत चुनौतीलाई चिर्दै आगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले घरका कामलाई साझेदार गर्दै आफूलाई प्रत्येक दिन धार लगाएर सबल बनाउनुपर्ने बताइन् ।

महान्यायाधिवक्ता रमेश वडालले अहिले पनि विभेदकारी कानून छ भने संशोधन गर्नुपर्ने र त्यसका लागि सङ्घ, प्रदेश तथा स्थानीय तहमा भएका विभेदजन्य कानून संशोधन गर्नुपर्ने बताए । उनले विगतको तुलनामा धेरै महिला सरकारी वकिल भएको र २०९० सालसम्म चार महिला सरकारी वकिल मूल नेतृत्व नायब महान्यायाधिवक्ता हुने विश्वास व्यक्त गरे ।

सम्मेलनको संयोजक सहन्यायाधिवक्ता मीना गुरुङले सम्मेलनमा सम्पूर्ण महिला सरकारी वकिलबीच एकापसमा अनुभव आदानप्रदान गरी आफ्नो पेसागत अनुभव, चुनौती र अवसरबारे गहन छलफल हुने जानकारी दिए ।

सोमबार र मङ्गलबार दुई दिनसम्म चल्ने सरकारी महिला वकिलको सम्मेलको मूल नारा ‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ रहेको छ । यस सम्मेलनमा महान्यायाधिवक्ताको कार्यालय र मातहत कार्यालय तथा अन्य निकायमा कार्यरत सबै महिला सरकारी वकिलसहित करिब २५० जनाको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  १२ : ४१ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६