काठमाडौं– संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताएका छन् ।
संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि कुरा गर्दै उनले गलत व्यक्ति सिफारिस भई सुनुवाइका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताए ।
एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताए ।
यति हुँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उनको प्रतिबद्धता छ ।
समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले शपथ ग्रहणपछि जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउँदै उनले अरूको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रस्ट पारे ।
प्रतिक्रिया