रामहरि खतिवडाले भने- निष्पक्ष रूपमा संसदीय सुनुवाइ समिति सभापति पदको भूमिका अघि बढाउँछु « Khabarhub

रामहरि खतिवडाले भने- निष्पक्ष रूपमा संसदीय सुनुवाइ समिति सभापति पदको भूमिका अघि बढाउँछु


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिका सभापति रामहरि खतिवडाले निष्पक्ष रूपमा समितिको भूमिका अघि बढाउने बताएका छन् ।

संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदको शपथ लिएपछि कुरा गर्दै  उनले गलत व्यक्ति सिफारिस भई सुनुवाइका लागि समितिमा आएमा त्यसलाई सदर नगर्ने बताए । 

एउटाले गलत प्रस्ताव गरे अर्कोले देख्छ भनेर नै संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, राष्ट्रियसभाको अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता, उपसभामुखलगायत राख्ने व्यवस्था गरिएको पनि सभापति खतिवडाले बताए । 

यति हुँदाहुँदै पनि गलत मानिस सिफारिस गरे त्यसलाई सदर नगर्ने उनको प्रतिबद्धता छ ।

समितिको सभापतिका रूपमा निष्पक्ष भएर भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि उनले शपथ ग्रहणपछि जनाएका छन्  । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा हुँदा पनि निष्पक्ष भएर काम गरेको बताउँदै उनले अरूको गल्तीमा पनि आफूले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरेको प्रस्ट पारे ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ३० बजे

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।