बाघको आक्रमणबाट महिनामा चार जनाको मृत्यु « Khabarhub

बाघको आक्रमणबाट महिनामा चार जनाको मृत्यु


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा– बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको ।

बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५५ वर्षीय छेवाङ्ग लामा, जीतपुरसिमरा–२ का ५५ वर्षीय कृष्णप्रसाद शर्मा, सोही वडाकै रमेश कार्की र मकवानपुरको मनहरी गाउँपालिकाका ५५ वर्षीय चन्द्रबहादुर भुलन रहेको प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।  

जिल्लाको जीतपुरसिमरा–४ स्थित प्रगतिशील सामुदायिक वनमा बाघको आक्रमणबाट आइतबार एक पुरुषको ज्यान गएको थियो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार जीतपुरसिमरा–१ का ५५ वर्षीय छेवाङ्ग लामाको बाघको आक्रमणबाट ज्यान गएको हो ।

लामालाई आइतबार च्याउ टिप्न जङ्गल जाने क्रममा प्रगतिशील सामुदायिक वनभित्र बाघले आक्रमण गरेको हो । घाँस काट्न गएका स्थानीयले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको पर्सा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए । दुई वटा हात्ती सौराहाबाट बाघको खोजीका लागि आएको उनले बताए। बाघलाई डार्ट गर्न पशु चिकित्सकसहितको टोली जंगल क्षेत्रमा परिचालन गरिएको छ ।   
 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ०० बजे

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा