देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन  « Khabarhub

देशका मुख्य सहरमा जेन-जीको प्रदर्शन 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले सोमबार देशका मुख्य सहरमा प्रदर्शन गरिरहेका छन् । भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्धमा युवाहरूले देशैभरीका मुख्य सहरमा प्रदर्शन गरेका हुन् ।

युवाहरूले राजधानी काठमाडौँ बाहेक इटहरी, नेपालगन्ज, बुटवल, पोखरा, कञ्चनपुर, विराटनगर, हेटौँडा लगायतका मुख्य सहरहरूमा यतिबेला प्रदर्शन गरिरहेका छन् ।

‘नेपो बेबिज’ नारामा जेनजी पुस्ताले गरेको प्रदर्शन राजधानीमा प्रदर्शन नियन्त्रण बाहिर जाँदा कर्फ्यु लगाएको छ ।

बुटवलमा हजारौँ युवाहरूले यतिबेला मोटरसाइकल र्‍याली सहित प्रदर्शन गरिरहेका छन् भने पोखरामा पनि हजारौँको सङ्ख्यामा युवाहरू सडकमा उत्रिएको देखिन्छ ।

कञ्चनपुरमा प्रदर्शन गरेका युवाले बिपिन जोशीको रिहाइको माग सहितका नारा लगाएका छन् भने दाङको घोराहीमा पनि हजारौँ युवा सडकमा निस्किएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १ : ३२ बजे

‘नेपाललाई युक्रेन बनाउन भदौमा विध्वंश मच्चाइयो, निर्वाचनबाट ‘जेलेन्स्की’ ल्याउन खोजिँदैछ’

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी फागुन २१

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सबैसँग समन्वय गर्न गृहमन्त्री अर्यालको निर्देशन

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं– नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई

प्रतिनिधिसभाको निर्वाचनबाट सकारात्मक परिणाम ल्याउनुपर्छ : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभाको निर्वाचनबाट गणतन्त्रवादी शक्तिको पक्षमा