जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता « Khabarhub

जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त भएपछि नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग अभियान स्थगित गरेको हो ।

नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेर यस्तो निर्णय लिएको हो । 

बैठकले जारी ‘जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान’ स्थगित गर्दै मंगलबार काठमाडौँमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको हो । 

बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाले स्तब्ध र गम्भीर बनाएको माओवादीले जनाएको छ । 

प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली दिनुका साथै माओवादीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न माओवादीले सरकारसमक्ष माग गरेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ३६ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी