ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे « Khabarhub

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेहरूको संख्या दर्जन नाघेको छ।

प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १४ पुगेको हो ।

यसरी ज्यान गुमाउनेमा सबैभन्दा धेरै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएकाहरू रहेका छन् । ट्रमा सेन्टरमा मात्रै उपचारका लागि लगिएकामध्ये ६ जनाले ज्यान गुमाएका छन् ।

ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट बद्री रिजालले दिएको जानकारी अनुसार उपचारका लागि ल्याइएका ५० जना घाइतेमध्ये ६ जनाले ज्यान गुमाएका हुन् ।

रिजालका अनुसार अहिले त्यहाँ तीनजनाको आईसीयुमा उपचार भइरहेको छ। दुईजनाको ओटीमा अपरेशन भइरहेको छ।
रिजालका अनुसार अझै घाइते ल्याउने क्रममा जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने सम्भावना छ ।

अहिलेसम्म सबैभन्दा धेरै ट्रमा सेन्टरमा ६ जनाले ज्यान गुमाउँदा निजामती अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा एकजना, त्रिवि शिक्षण अस्पतालमा एकजना र बानेश्वरस्थित एभरेस्ट अस्पतालमा पनि एकजनाले ज्यान गुमाएका हुन् ।

संसद् भवन क्षेत्रमा भएको हिंस्रक झडपका क्रममा घाइते भएकाहरूलाई अहिले विभिन्न अस्पतालमा लाने क्रम जारी छ।केहीलाई अस्पताल पुर्‍याउँदै ज्यान गइसकेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ५८ बजे

भोजपुरकाे भुल्केमा पानीको समस्या अन्त्य

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको

चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं– प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न

एचपीभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ– बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको

मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक