अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह « Khabarhub

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार भएको जेन-जीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका क्रममा रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न हटलाइन ‘१११५’ रातभर सञ्चालन गर्ने भएको छ । 

मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् । 

यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो । 

तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ४९ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको