टी-२० विश्वकप छनोट : आज कुवेतसँग भिड्दै नेपाल « Khabarhub

टी-२० विश्वकप छनोट : आज कुवेतसँग भिड्दै नेपाल


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धामा आज नेपाली राष्ट्रिय क्रिकेट टिम कुवेतसँग भिड्दैछ।

नेपालसहित ९ राष्ट्रले टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटमा प्रतिस्पर्धा गर्न लागेका हुन्। समूह ‘बी’मा रहेको नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो समूहमा नेपाल, कुवेतसँगै जापान रहेका छन्। नेपाल र कुवेतको भिडन्त बुधबार राति ८ः४५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल शुक्रबार जापानसँग खेल्ने छ। नेपालले कुवेतसँगको भेटमा मिश्रित नतिजा निकालेको छ भने जापानसँग पहिलो पटक खेल्दैछ।

यो छनोट प्रतिस्पर्धाको समूह ‘ए’ मा युएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।

युएईमा वेस्ट इन्डिजसँगको सिरिज उचाल्दै ओमानमा भएका दुई अभ्यास खेल जितेको नेपाली टिम उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदैछ।

अर्को वर्ष भारत र श्रीलङ्काल संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा २० देशको सहभागिता रहने छ। हालसम्म १७ देशले विश्वकप यात्रा पक्का गरिसकेका छन्।

अब एसिया महादेशबाट तीन टोलीको टुङ्गो लाग्न बाँकी छ। सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्ने छन्।

सुपर सिक्सका शीर्ष तीन टोलीले सन् २०२६ मा हुने आइसिसी टी-२० विश्वकपमा स्थान बनाउने छन्।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : ५२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी