तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी « Khabarhub

तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दाङ– कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् ।

घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उनका अनुसार अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।

आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए । ‘बुवाको सिको गरेर १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु’, ७० वर्षे बादीले भने । उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकासम्मै मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घरखर्च चलाएको पनि उनले उल्लेख गरे ।

तिहारमा देउसी भैलो खेल्नेहरू हरेक वर्ष उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले बताए ।

उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्यूठान र  रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् ।

उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्छिन् । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले बताइन् । आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको उनको भनाइ छ ।

मादल बनाउन विशेषगरी खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गरिन्छ । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने बादीको अनुभव छ । (रासस)

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : १२ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।