प्रदीप भट्टराईलाई प्रश्न : किन ‘हरिबहादुरको जुत्ता’ निर्देशन गर्नुभएन ? « Khabarhub

प्रदीप भट्टराईलाई प्रश्न : किन ‘हरिबहादुरको जुत्ता’ निर्देशन गर्नुभएन ?


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘हरिबहादुरको जुत्ता’ दोस्रो सातामा प्रदर्शनरत छ । यो फिल्म हरिवंश आचार्यको चर्चित पात्र ‘हरिबहादुर’लाई शीर्ष भूमिकामा लिएर बनाइएको हो ।

टेलिसिरियल ‘मदनबहादुर हरिबहादुर’ प्रमुख पात्र हो– ‘हरिबहादुर’ । यस सिरियलका सहायक निर्देशक प्रदीप भट्टराई हुन् । प्रदीपले सहायक निर्देशकका रुपमा मह जोडीसँग डेढ दशक लामो सहकार्य गरेका छन् ।

अहिले प्रदीप आफैँ फिल्म लेखन र निर्देशनमा व्यस्त छन् । उनी सफल निर्देशकका रुपमा चिनिन्छन् ।

सुरुमा ‘हरिबहादुरको जुत्ता’ बन्ने चर्चा हुँदा यस फिल्मको निर्देशन पनि प्रदीपले नै गर्छन् भन्ने सुनिएको थियो । तर, पछि यस फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरे ।

अर्थात्, आइकोनिक क्यारेक्टर ‘हरिबहादुर’लाई फिल्ममा डेब्यू गराउने अवसर दीपेन्द्रले पाए ।

निर्माण पक्षले मंगलबार सुन्धाराको एक हलमा आयोजना गरेको विशेष शोमा प्रदीपले ‘हरिबहादुरको जुत्ता’ हेरेका थिए । फिल्म हरेपछि प्रदीपलाई ‘हरिबहादुरको जुत्ता’ निर्देशन नगर्नुको कारणबारे सोधिएको थियो ।

प्रदीपले यसबारेमा कुटनीतिक जवाफ दिए । उनले भने, ‘म हरि दाइ र मदन दाइ जोडिएको काममा सहभागी नहुने कुरै भएन । यो फिल्ममा तपाईंहरुले मात्र नदेख्नु भएको हो । मैले फिल्ममा आफूलाई धेरै ठाउँ पाएँ ।’

‘आफैँ निर्देशकको जिम्मेवारीमा भएको सिरियलको आइकोनिक पात्रलाई किन फिल्ममा डेब्यू गराउनु भएन ?’ भन्ने प्रश्नमा प्रदीपले झट्टै जवाफ दिएनन् ।

एकछिन् हाँसे र भने, ‘हैन काम गर्दै जाँदा सबै कुरा सम्भव नहुने रहेछ ।’ प्रदीपले आफूलाई निर्देशनको प्रस्ताव आएको कुरालाई भने अस्वीकार गरेनन् ।

यस फिल्मका लेखक हरिवंशले सुरुमा प्रदीपलाई निर्देशन गर्न प्रस्ताव लगेको चर्चा छ । प्रदीपले अस्वीकार गरेपछि भने अन्य बिकल्प खोजिएको बुझिन्छ ।

फिल्मबारे प्रदीपले सकारात्मक प्रतिक्रिया दिए । भने, ‘फिल्म राम्रो बनेको छ । जसले बनाए पनि राम्रो बनाउन प्रयास गर्ने त हो नि ।’

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : २७ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम