लिची बगैँचा घुस डिल प्रकरणमा के देख्यो अख्तियारले ? | Khabarhub Khabarhub

लिची बगैँचा घुस डिल प्रकरणमा के देख्यो अख्तियारले ?


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा बाटुलेचौरको दीप विर्ता (लिची बगैँचा)को नामसारी सम्बन्धमा घुस डिल अडियो प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अख्तियारले पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्की जिल्ला स्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनेर घरजग्गा व्यवसायीसँग घुस लिएको र भूमि आयोगको सदस्य बनाउनको लागि घुस डिल गरेको अडियो अनुसन्धानबाट देखिएको जनाएको छ ।

आयोगले अदालतमा दायर गरेको आरोपत्रमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ मा रहेको दीप विर्ता (लिची बगैँचा)मा रहेको नक्सा नं. २५, २६ र २८ को जग्गा अदालतको फैसलाअनुसार दुर्गादेवी शाहको हकवाला सुरज शाहको नाममा नामसारी गर्न तत्कालीन कास्की जिल्ला मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीले विलम्ब गराएको उल्लेख छ । 

त्यसपश्चात सहयोगको लागि सुरज शाह घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङको सम्पर्कमा गएका थिए । तामाङले यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरसँगको मिलेमतोमा उक्त जग्गा नामसारी गराएबापत ४० प्रतिशत आफूले पाउने गरी ०८१ जेठ २० गते करारनामा गरेका थिए ।

सो करारनामा कार्यान्वयन गराउन मालपोत कार्यालयका प्रमुख अधिकारीले नापी, जिल्ला अदालत र वडा कार्यालयमा पत्राचार गराउने काम समेत गरेको कागजातबाट देखिएको आरोप पत्रमा उल्लेख छ । तर, सो काम गरिरहेकै अवस्थामा प्रमुख अधिकारीको सरुवा ०८१ पुस १८ गते मन्त्रालयको सचिवस्तरीय निर्णयबाट लमजुङ मालपोत कार्यालयमा सरुवा भयो भने कास्की कार्यालयमा चिरञ्जिवी पौडेल आए ।

प्रमुख अधिकारीको सरुवा भएपछि उक्त सरुवा स्थगन गराउन स्वयं अधिकारी सहित सबै विचौलिया मिलेर पाटन उच्च अदालतमा उत्प्रेषणसमेतको रिट दायर गरेका थिए । 

तर, अदालतले भने कुनै आदेश नदिएपछि उनीहरूले भूमि व्यवस्था मन्त्रालयबाट कास्की जिल्ला मालपोत कार्यालयका प्रमुख चिरञ्जिवी पौडेललाई सरुवा गर्न र भूमि समस्या समाधान आयोगको अध्यक्ष आफू अनुकुलको अध्यक्ष नियुक्ति गर्न पूर्वमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठको सम्पर्कमा पुगेका थिए ।

आरोपपत्रअनुसार मालपोत कार्यालय कास्कीका प्रमुख चिरञ्जिवी पौडेललाई सरुवा गराउन पूर्व मन्त्री गुप्ता र भूमि समस्या समाधान आयोगमा खमबहादुर पुनलाई नियुक्त गर्न पूर्वमन्त्रीद्वय रन्जिता श्रेष्ठ र राजकुमार गुप्ता सक्षम भएका थिए । पौडेललाई सरुवा गराउनको लागि पूर्वमन्त्री गुप्ताले रञ्जिता श्रेष्ठकै अगाडि सचिवलाई पटक–पटक निर्देशन समेत दिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

आरोपपत्रअनुसार ०८१ पुस २८ र २९ गते पूर्वमन्त्री गुप्ता र श्रेष्ठले मन्त्री निवासमा नै रामचन्द्र अधिकारीको सरुवा थमौती गर्ने कामको सहजीकरणको लागि ५३ लाख र भूमि समस्या समाधान आयोगको अध्यक्ष पदमा नियुक्ति गराउन सहजीकरणको लागि २५ लाख लिनेदिने गरेको काम गरेका थिए । 

साथै, अख्तियारले घुस डिल गरेको स्वर नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गर्दा मेल खाएको भन्दै थप तथ्य स्थापित भएको आरोपपत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : २० बजे

मधेश प्रदेश : एमाले र जनमतको समर्थनमा कांग्रेसको दाबी पेस

काठमाडौं– मधेश प्रदेशमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ।  बुधबार

इजरायली सेनाले हमासबाट बरामद गरेको थियो विपिनको भिडियो, २०२३ नोभेम्बरमा खिचिएको अनुमान

तेलअभिभ– इजरायली सेनाले युद्धका क्रममा गाजामा फेला परेको नेपाली बन्धक

संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान

काठमाडौं– सरकारले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई

विपिन जोशीको नयाँ भिडियो, बुधबार साँझ सार्वजनिक गरिँदै

जेरूसेलम– इजरायली गुप्तचर निकायले हमासको अपहरणमा परेका नेपाली युवक विपिन