दशैँ भिडन्त : न्यून ग्रस कलेक्सन, तीन फिल्मको व्यापार जोड्दा पनि पुगेन १० करोड « Khabarhub

दशैँ भिडन्त : न्यून ग्रस कलेक्सन, तीन फिल्मको व्यापार जोड्दा पनि पुगेन १० करोड


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशै लक्षित गरी प्रदर्शनमा आएका तीन फिल्महरु ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ले न्यून ग्रस कलेक्सन गरेको पाइएको छ ।

चलचित्र विकास बोर्डले बुधबार यी फिल्महरुको सुरुवाती आठ दिनको ग्रस कलेक्सन सार्वजनिक गरेको हो । यी तीनै फिल्मको उक्त अवधिको ग्रस कलेक्सन जोड्ने हो भने ९ करोड १० लाख पुग्छ ।

यी मध्ये ‘बलिदान’को ग्रस कलेक्सन सबैभन्दा बढी छ । यो फिल्मले ३ करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ । यसको निकट प्रतिद्वन्द्वी ‘हरिबहादुरको जुत्ता’को देखिन्छ । यस फिल्मको ग्रस कलेक्सन भने ३ करोड २१ लाख छ ।

‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’को ग्रस कलेक्सनको अन्तर ५४ लाखको छ ।

फिल्म ‘माइतीघर’ले भने मुस्किलले २ करोड ग्रस कलेक्सन कटाएको छ । यसको ग्रस कलेक्स २ करोड १३ लाख छ ।

बोर्डबाट स्वीकृत भइ वार्षिक अध्यावधिक भएका हलहरुबाट प्राप्त आधिकारिक तथ्यांकका आधारमा यो ग्रस कलेक्सन सार्वजनिक गरिएको बोर्डले बताएको छ ।

अर्थात्, ‘बोर्डले सबै हलको ग्रस कलेक्सन देखाउँदैन’ भन्ने निर्माता र वितरकको दाबीलाई बोर्डले अप्रत्यक्षरुपमा जवाफ दिएको छ ।

यो ग्रस कलेक्सन पठाउने बाहेकका हलले फिल्म प्रदर्शनमा ल्याएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत बोर्डले दिएको छ ।

गत वर्षको तुलनामा यो ग्रस कलेक्सन निकै न्यून हो । यो पटकको दशैँ व्यापार निकै कमजोर रहेको अनुभवी मेकहरुले सार्वजनिक रुपमा बोल्न लागेका छन् ।

समीर भट्ट स्टारर फिल्म ‘बलिदान’को निर्देशक तथा निर्मात सन्तोष सेन हुन् ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘हरिबहादुरको जुत्ता’को शीर्ष भूमिकामा हरिवंश आचार्य छन् ।

‘माइतीघर’मा नायक धिरज मगर, केदार घिमिरे ‘माग्ने बूढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी शीर्ष भूमिकामा छन् । यसको निर्देशक मिलन तामाङ हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५७ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत