महोत्तरीमा बाढीको पानीमा डुबेर बालकको मृत्यु « Khabarhub

महोत्तरीमा बाढीको पानीमा डुबेर बालकको मृत्यु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ६ धबौली गाउँमा आज बाढीको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर–६ धबौली बस्ने नसरुद्दिन साफीका छोरा ११ वर्षीय सलमान साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

आज दिउँसो साथीसँग जलेश्वर–६ मै अवस्थित परिक्रमा गाछी नजिकै रहेको लच्कामा आएको बाढीको पानीमा पौडी खेल्न गएका बालक साफीलाई तीव्र गतिमा बगिरहेको पानीले बगाएपछि उनी बेपत्ता भएका थिए ।

करिब दिउँसो २ः०० बजे बेपत्ता भएका बालक साफीकाबारेमा सँगै गएका साथीहरूले गाउँटोलमा जानकारी गराएपछि घरपरिवार, टोलछिमेकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलासपछि उनको शव लच्काभन्दा १०० मिटर दक्षिणमा पानीमै डुबेको अवस्थामा फेला परेको थियो ।

डुबेर मृत्यु भएको बालक साफीको शव अबेर साँझ परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा लगिएको छ । जलेश्वरमा गत शनिबार र आइतबार परेको अविरल वर्षापश्चात् रातो नदीको तटबन्ध भत्किएर ठूलो बाढी आएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ३५ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ