महोत्तरीमा बाढीको पानीमा डुबेर बालकको मृत्यु « Khabarhub

महोत्तरीमा बाढीको पानीमा डुबेर बालकको मृत्यु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ६ धबौली गाउँमा आज बाढीको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर–६ धबौली बस्ने नसरुद्दिन साफीका छोरा ११ वर्षीय सलमान साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

आज दिउँसो साथीसँग जलेश्वर–६ मै अवस्थित परिक्रमा गाछी नजिकै रहेको लच्कामा आएको बाढीको पानीमा पौडी खेल्न गएका बालक साफीलाई तीव्र गतिमा बगिरहेको पानीले बगाएपछि उनी बेपत्ता भएका थिए ।

करिब दिउँसो २ः०० बजे बेपत्ता भएका बालक साफीकाबारेमा सँगै गएका साथीहरूले गाउँटोलमा जानकारी गराएपछि घरपरिवार, टोलछिमेकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलासपछि उनको शव लच्काभन्दा १०० मिटर दक्षिणमा पानीमै डुबेको अवस्थामा फेला परेको थियो ।

डुबेर मृत्यु भएको बालक साफीको शव अबेर साँझ परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा लगिएको छ । जलेश्वरमा गत शनिबार र आइतबार परेको अविरल वर्षापश्चात् रातो नदीको तटबन्ध भत्किएर ठूलो बाढी आएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १० : ३५ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ