वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति « Khabarhub

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति भएको छ ।

कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका काटिएको, ४५ प्रतिशत पाकेर पहेँलो भएको तथा दश प्रतिशत हरियो अवस्थामा रहेको धानबालीमा क्षति भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ । जसमध्ये छ हजार ९९१ दशमलव छ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए ।

केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका किसानहरू यसअघि वर्षाले क्षति पुर्‍याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन् । थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पुर्‍याएको धान थन्क्याउन यतिखेर किसानहरू खेत–खेतमा जुटिरहेका हुन् ।

ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरू बाँदरलगायतका वन्यजन्तुहरूबाट समेत धान जोगाउने हतारोमा छन् । देशभर परेको वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा तीन हजार ५०० हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब आठ हजार ९९५ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

विशेषगरी काटेर पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको वडा नम्बर ११ खार्मीका युवा कृषक हेमन्त राईले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए । जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाका १२० हेक्टरमा धानखेती गरिन्छ । यसमा ३०८ दशमलव चार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

जन्तेढुङ्गा गाउँपालिकामा पनि धानखेतीमा व्यापक क्षति पुर्‍याएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए । उपप्रमुख खड्काका अनुसार यो गाउँपालिकामा ४० प्रतिशत धानखेती नष्ट भएको छ ।

सात वडा रहेको यो गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धानखेती गरिन्छ । यसमा करिब ६१९ दशमलव २७ मेट्रिक टन उत्पादन हुने गरेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

बराहापोखरी गाउँपालिकामा पनि धानखेतीमा क्षति पुगेको छ । यो गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी पुर्‍याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए । यो गाउँपालिकामा ६५७ हेक्टरमा धानखेती गरिन्छ । यसमध्ये एक हजार ६८८ दशमलव ४९ मेट्रिक टन उत्पादन हुने गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

खोटेहाङ गाउँपालिकामा पनि धानखेतीमा ठूलो क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए । यो पालिकामा यकिन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ ।

गाउँपालिकामध्ये सबैभन्दा ठूलो (नौ वडा रहेको) यो गाउँपालिकामा एक हजार २०० हेक्टरमा धानखेती गरिन्छ । यो गाउँपालिकामा करिब तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धानखेतीमा क्षति पुर्‍याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए । यो पालिकामा पनि एक हजार २०० हेक्टरमा तीन हजार ८४ मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा व्यापक क्षति पुर्‍याएको छ । साकेला गाउँपालिकामा आठ हेक्टरमा दुई हजार ५६ मेट्रिक टन, रावाबेँसीमा ८५० हेक्टरमा दुई हजार १८४ दशमलव पाँच मेट्रिक टन, केपिलासगढीमा ७५० हेक्टरमा एक हजार ९२७ दशमलव पाँच मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार ५७० मेट्रिक टन धान उत्पादन हुँदै आएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २६ हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ । यस वर्ष धान रोप्नका लागि समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो । (रासस)

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ९ : ०४ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै