हङ्कङ सिक्सेस क्रिकेट : दक्षिण अफ्रिकासँग नेपाल पराजित « Khabarhub

हङ्कङ सिक्सेस क्रिकेट : दक्षिण अफ्रिकासँग नेपाल पराजित


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ ।

मिसन रोड ग्राउन्ड मोङ कोकमा आज बिहान भएको खेलमा जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक ३० रन बनाए । नेपालका लागि लोकेश बमले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३ ओभर ३ बलमा ५८ रनमा अलआउट भएको थियो ।

नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।

दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए ।

योसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १० : ३२ बजे

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ