उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा « Khabarhub

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि उत्तर कोरियाले शनिबार थप ‘आक्रामक कारबाही’ गर्ने चेतावनी दिएको छ ।

शुक्रबार गरिएको उक्त मिसाइल परीक्षण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वी एसियाली भ्रमणको बीचमा भएको हो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट गर्ने इच्छा व्यक्त गरेको एक हप्तापछि प्योङयाङले यो कदम चालेको हो । यद्यपि, उत्तर कोरियाले उक्त प्रस्तावमा हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

प्योङयाङका रक्षामन्त्री नो क्वाङ चोलले वासिङ्टन ‘उत्तर कोरियाको सुरक्षालाई गम्भीर जोखिममा पार्ने सैन्य गतिविधिमा निर्लज्ज रूपमा संलग्न भएको’ आरोप लगाउँदै अमेरिकी र दक्षिण कोरियाली कदमहरूले ‘जानाजानी क्षेत्रीय राजनीतिक र सैन्य तनावलाई बढाइरहेको’ बताए।

कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले उनको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हामी शत्रुहरूको निरन्तर खतरा विरुद्ध अझ आक्रामक कारबाहीका कदमहरू देखाउनेछौँ ।’

यसअघि, अमेरिकी रक्षामन्त्री पिट हेग्सेथ र उनका दक्षिण कोरियाली समकक्षले डिमिलिटाराइज्ड जोन (डिएमजेड) को संयुक्त भ्रमण गगरेका थिए । त्यहाँ दुवै नेताले आफ्नो देशबीचको ‘बलियो संयुक्त रक्षा प्रतिबद्धता र घनिष्ठ सहयोग’ पुनः पुष्टि गरेका थिए ।

यसैबीच दक्षिण कोरियाली नौसेनाका अनुसार अमेरिकी आणविक–सञ्चालित विमानवाहक युएसएस जर्ज वासिङ्टन बुधबार बुसान बन्दरगाहमा रसद सहयोग र चालकदलका सदस्यहरूको विश्रामका लागि पुगेको थियो । प्योङयाङका अधिकारीहरूले यस कदमलाई ‘कोरियाली प्रायद्वीपमा तनाव थप बढाउने कार्य’ भएको भन्दै आपत्ति जनाएका छन् ।

रक्षामन्त्री हेग्सेथको डिएमजेड भ्रमणसमेतलाई प्योङयाङले ‘युद्ध उन्मादलाई प्रोत्साहन दिने कदम’ का रूपमा लिएको छ ।

अमेरिकी इन्डो–प्यासिफिक कमान्डले भने शुक्रबारको क्षेप्यास्त्र प्रक्षेपणबारे प्रतिक्रिया जनाउँदै प्योङयाङको कार्यले ‘क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्ने’ उल्लेख गरेको छ । वक्तव्यमा भनिएको छ,’संयुक्त राज्य अमेरिका आफ्ना सहयोगी र साझेदार राष्ट्रहरूसँग नजिकको परामर्शमा छ र सुरक्षा प्रतिबद्धता अटल छ ।’

दक्षिण कोरियाली सेनाले समेत प्योङयाङको पछिल्लो क्षेप्यास्त्र प्रक्षेपणको कडा निन्दा गर्दै ‘दुई कोरियाबीचको तनाव बढाउने सबै कार्यहरू तुरुन्तै रोक्न’ आग्रह गरेको छ ।

गत हप्तामात्रै राष्ट्रपति ट्रम्पले दक्षिण कोरियालाई आणविक पनडुब्बी निर्माण गर्ने योजनामा स्वीकृति प्रदान गरेको घोषणा गरेका थिए । विश्लेषकहरूका अनुसार यस्तो परियोजनाले दक्षिण कोरियाको नौसेना क्षमतामा ऐतिहासिक प्रगति ल्याउनेछ र यसलाई आणविक जहाज भएका सीमित राष्ट्रहरूको सूचीमा पुर्‍याउनेछ । तर उनीहरूका भनाइमा यो कदमले उत्तर कोरियाबाट कठोर र आक्रामक प्रतिक्रिया आउने सम्भावना पनि उस्तै रूपमा बढाएको छ ।

यसैबीच, दक्षिण कोरियाली सांसदहरूले यसै हप्ताको सुरुमा जानकारी गराएअनुसार देशको रक्षा गुप्तचर एजेन्सीले उत्तर कोरियाली नेता किम जोङ उनले निर्णय गरेमा प्योङयाङ आफ्नो सातौँ आणविक परीक्षण गर्न ‘पूर्ण रूपमा तयार अवस्थामा रहेको’ बताएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  १२ : ४१ बजे

हेमजा साहित्य महोत्सव सम्पन्न

गण्डकी – हेमजा साहित्य प्रतिष्ठाद्वारा पोखरा महानगरपालिका–२५ हेमजामा आयोजित दुई

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।