निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम « Khabarhub

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना गरेको कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्रबीचको दौड प्रतियोगितामा पुरुषतर्फ प्रदीप भण्डारी र महिलातर्फ सुमना सापकोटा प्रथम भएका छन् ।
 
 त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा भण्डारीले ५३ मिनेट १० सेकेण्डमा उक्त दूरी पार गर्दै प्रथम भएका हुन् । प्रतियोगितामा दिगम्बर पन्त दोस्रो र मनोजकुमार दास तेस्रो भए। पन्तले ५४ मिनेट ४६ सेकेण्ड र दासले ५६ मिनेटमा निर्धारित दूरी पार गरे ।
 
यस्तै महिलातर्फ ५ किलोमिटर दौडमा प्रथम हुनुभएकी सापकोटाले ३२ मिनेट ९ सेकेण्डमा उक्त दूरी पार गरे। यस्तै शर्मिला कटुवाल दोस्रो र राजकुमारी राई तेस्रो भए। कटुवालले ३३ मिनेट ३९ सेकेण्डमा सो दूरी पार गर्दा राईले ३५ मिनेट ४९ सेकेण्ड लगाए ।
 
विजेता खेलाडीलाई निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरले मेडल प्रदान गरे। प्रतियोगितामा पुरुष र महिला समूहतर्फ प्रथम भएका भण्डारी र सापकोटालाई ५० ग्रामको चाँदीको सिक्का पुरस्कार प्रदान गरियो ।
 
त्यसअवसरमा निगमका कार्यकारी निर्देशक भट्टले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि शारीरिक अभ्यास अपरिहार्य रहेको जनाउँदै आगामी दिनमा यसखालका रचनात्मक कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे।
 
अन्तर्राष्ट्रिय धावक मानन्धरले नेपालले पछिल्लो समय खेल क्षेत्रमा आशालाग्दो प्रगति गरिरहेको उल्लेख गर्दै खेलकुदमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशलकुमार आचार्यले प्रतियोगिताबाट सञ्चारकर्मी, निगमका कर्मचारी र निजी क्षेत्रबीचको सम्बन्ध सुमधुर बनेको बताए ।
 
निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपोको संयोजनमा भएको सो प्रतियोगितामा निगमका कर्मचारी, सञ्चारकर्मी र निजी क्षेत्र गरी करिब १३० जनाको सहभागिता थियो ।
 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  २ : ०५ बजे

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।