केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो « Khabarhub

केभिआर समिट च्यालेन्जसमा विशाल र मारिजे पहिलो


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको दोस्रो चरणमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसन पहिलो भएका छन् ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता विशालले दुई घन्टा ३१ मिनेट समय लगाए । नेपालकै वीरेन्द्र पाण्डे र युगल राई दोस्रो र तेस्रो स्थानमा रहे । वीरेन्द्रले दुई घन्टा ४२ मिनेट तथा युगलले तीन घन्टा ३७ मिनेटमा दौड पुरा गरे ।

महिलातर्फ मारिजेले तीन घन्टा ३७ मिनेट समयसहित सबभन्दा चाँडै दौड पुरा गरिन् । स्कटल्यान्डकी जर्जिया टिन्डलेले (४ः०७ः५० सकेन्ड)दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारी (४ः०९ः५१ सकेन्ड) तेस्रो स्थानमा रहे ।

२१ किमीको दौड स्युचाटारबाट सुरु भएर गुरजे भञ्ज्याङ, शिवरी पिक, डाँडा गाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमा सम्पन्न भएको थियो ।

ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा बिस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन÷हाइक पनि राखिएको थियो । सो दौड सुर्यचौरमा सुरु भएर गुरुङगाउँ, गुरजे भञ्ज्याङ हुँदै सुर्यचौरमा सकिएको थियो ।

सो दौडमा पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटा (१ घन्टा १० मिनेट) पहिलो, लबिन गुरुङ (१ घन्टा ११ मिनेट) दोस्रो र समिर कार्की (१ घन्टा १२ मिनेट) तेस्रो भए । महिला वर्गमा अनिमा शेर्पा (१ घन्टा २८  मिनेट) पहिलो, (एक घन्टा ३० मिनेट) दोस्रो र आमानडाइन फेमी (१ घन्टा ३४ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।

केभीआर समिट च्यालेन्जको दोस्रो चरणमा स्वेदेशी र दस देशका विदेशी गरी २१ किमीतर्फ ११२ र ७ किमीमा ३० जना धावकधाविकाले सहभागिता जनाएका थिए ।

केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेब्रुअरी १ मा आयोजना हुनेछ ।
“स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं” नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गतको नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उपनिर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ३ : ४६ बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित