पाकिस्तानमा अफगान नागरिकको तिव्र पक्राउ जारी « Khabarhub

पाकिस्तानमा अफगान नागरिकको तिव्र पक्राउ जारी


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) को संयुक्त प्रतिवेदन अनुसार पाकिस्तानमा पक्राउ परी हिरासतमा लिइएका अफगान नागरिकहरूको सङ्ख्या एकै हप्तामा १४६ प्रतिशतले बढेको छ ।

अघिल्लो हप्तामा सात हजार ७६४ अफगान नागरिकहरूलाई पक्राउ गरी हिरासतमा लिइएको जनाइएको छ जुन अघिल्लो हप्ताको तुलनामा उल्लेखनीय रुपमा ठुलो सङ्ख्या हो ।

अक्टोबर २६ देखि नोभेम्बर–१ को बीचमा पक्राउ परेका अफगान नागरिक मध्ये कार्ड (एसीसी) र कागजातविहीन अफगानहरू ७७ प्रतिशत थिए भने दर्ता प्रमाण (पिओआर) कार्ड भएका २३ प्रतिशत थिए ।

प्रतिवेदनले ८६ प्रतिशत पक्राउ र नजरबन्द बलुचिस्तानमा भएको उल्लेख गरेको छ । राष्ट्रव्यापी रूपमा सन् २०२५ जनवरी देखि नोभेम्बरको बिचमा चागी, अटक र क्वेटा जिल्लाहरू अधिकाशं अफगानहरुको पक्राउ गरिएको डनलाई उदृत गर्दै रिपोर्ट गरेको छ ।

तथ्याङ्कले अक्टोबरको अन्तिम हप्तामा फिर्ती तथा निर्वासनको दर पनि तीव्र रूपमा बढेको उल्लेख गरेको छ  । सन् २०२३ सेप्टेम्बर देखि सन् २०२५ नोभेम्बर सम्म, १६ लाख ६७ हजार ७१३ अफगानहरू अफगानिस्तान फर्केको  जनाइएको छ ।

प्रतिवेदनले सन् २०२३ अप्रिल देखि ९३ प्रतिशत कागजात विहीन तथा एसीसी कार्ड भएका ३९ प्रतिशत अफगानहरू गिरफ्तारीको डरले स्वदेश फर्केको जनाइएको छ ।

गत जुलाईमा, अधिकारीहरूले जुन ३० मा उनीहरूको कार्डको मिति समाप्त भएपछि उनीहरूलाई फिर्तीको आदेश दिँदै  पाकिस्तान छोड्नका लागि सेप्टेम्बर– १ सम्मको समयसीमा तय गरेका थिए । 

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : २० बजे

हुरीले टीकापुरमा केराखेती नष्ट

टीकापुर– बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती

दूधमा अनुदानवापत २१ लाख ५५ हजार वितरण

दमौली– यहाँको आँबुखैरेनी गाउँपालिकाले स्थानीय दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्ने

१५औँ महाधिवेशनका लागि साझा संयन्त्र गठन गर्नुपर्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई)  दुबईका लागि

बालेननिकट नेता विजय भएपछि सरिनले छोडिन् रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेश अधिवेशनमा पराजित भएपछि गोमा