निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की « Khabarhub

निजी क्षेत्रको आत्मविश्वास जोगाउन सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री कार्की


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै असर बाँकी नराख्ने बताएकी छिन् ।

नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनका क्रममा भएको आक्रमणपछि मर्माहत भएको निजी क्षेत्रलाई तत्काल राहत, सहयोग पुर्‍याउँदै आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

जने-जी आन्दोलनले नेपाल पछौटे मुलुकको यथास्थितिमा बस्न नसक्ने म्याण्डेट दिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले अग्रगामी दिशामा देशलाई लिएर जानु बाहेक विकल्प नरहेको प्रष्ट पारिन् । उनले राजकीय सम्पत्तिमाथि राजनीतिक आवरणमा भएका लुट र निजी क्षेत्रमाथि लादिएका शङ्का र दोहनकारी सङ्कष्टपूर्ण प्रणालीप्रति सजग रहेको बताइन् ।

कानुनको शासन स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने र सुरक्षाको प्रत्याभूति दिन सम्पूर्ण शक्तिका साथ सरकार लागेको उनले बताइन् । प्रधानमन्त्री कार्कीले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा जुटेको भन्दै निर्वाचन सफल बनाउन र स्वच्छ बनाउन निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको धारणा राखिन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ४० बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज