टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु « Khabarhub

टर्कीको अत्तर गोदाममा आगलागी, छ जनाको मृत्यु


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरपश्चिमी टर्कीको दिलोवासी स्थित एउटा अत्तर गोदाममा शनिबार  आगलागी हुँदा छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।
  
आगो अग्निशामक, उद्धार टोली र नगरपालिका कर्मचारीहरूको संयुक्त प्रयासमा नियन्त्रणमा लिएको इल्हामी अक्तासलाई उदृत गर्दै  टिआरटी हाबेर मिडियाले जनाएको छ ।  

यस अघि मिडिया रिपोर्टहरूले दुई जना घाइते भएको मात्र जनाएका थिए । टर्कीको एनटिभी च्यानलले प्रसारण गरेको तस्बिरमा उक्त अत्तर डिपोका रूपमा प्रयोग गरिएको भवनका दुई वटा तला आगलागीमा नष्ट भएको देखाइएको छ, आगलागीको  कारण भने अझै पत्ता नलागेको जनाइएको छ । 

इस्तानबुलबाट करिब ७० किलोमिटरको दूरीमा अवस्थित, दिलोवासी एक औद्योगिक सहर हो जहाँ धेरै डिपो तथा कारखानाहरू सञ्चालनमा छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ५ : ५६ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला